Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २२ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराइएको बताएका छन् । आमहड्ताल सफल पार्न बिहीबार सडकमा निस्किएका नेता नेपालले ओलीमा एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको टिप्पणी गरे ।
“अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओली संविधान मिच्दै मिच्दै अघि बढ्नुभएको छ । एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको छ,” उनले भने ।
नेपालले संवैधानिक आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे । ओली सुध्रिने व्यक्ति नरहेको बताउँदै उनमा गणतन्त्र, संघीयता, समावेशितामा अपनत्व बोधको भावना नरहेको नेपालको भनाइ थियो ।
“संवैधानिक परिषद्ले गरेको नियुक्ति प्रक्रिया नै गलत छ । सभामुखले प्रक्रिया पुगेको छैन भनेर फिर्ता पठाइदिनुभयो । नियुक्तिको वैधता पुगेको छैन । जबर्जस्ती शपथ गरियो । कामचलाउ सरकारले एकातिर चुनावको घोषणा गरेको भन्छ,’’ उनले भने, “अर्कोतिर भूमि आयोगमा धमाधम नियुक्ति गर्छ । उनको अधिनायकवादको विरुद्धमा जनतालाई हामीले विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेका हौँ । जनतालाई कष्ट पक्कै पनि भएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय