Nepali Unicode | Preeti to Unicode

किमाथाङ्का, १९ भदौ । कोरोना महामारीका कारण तत्काल विद्यालय खुला गर्ने अवस्था नरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन भइरहेको जनाउने उनले तत्काल विद्यालय खुला गर्ने अवस्था नरहेको बताएका हनु ।

प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वरा शुक्रबार आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा मन्त्रालय लागिरहेको बताए ।

शिक्षक गुणात्मक नभए शिक्षा गुणात्मक हुन नसक्ने मन्त्री पोख्रेलको भनाइ छ । उनले वैकल्पिक पद्धतिमा जान स्थानीय तहका पदाधिकारी, प्रदेशका सामाजिक विकासमन्त्री, शिक्षाविद् तथा प्रधानमन्त्रीसँगसमेत छलफल भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय