Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

एजेन्सी, १९ भाद्र । सुशान्त सिंह राजपुतको मृत्युको केसमा अनुसन्धानको क्रममा लागुऔषध नजिक आएपछि एनसीबीको टोलीले रिया चक्रवर्तीको भाई शोविक र सुशान्तका हाउस म्यानेजर सैमुअल मिरान्डालाई हिरासतमा लिएको छ ।

शोविक र सैमुअलको एनसीबीले आमन्ने सामन्ने राखेर सोधपुछ गर्नेछ । आज बिहान एनसीबीको टोलीले रिया र सैमुअलको घरमा छापा मारेको थियो । दुवैजनालाई एकै समयमा एनसीबीले खोजी गरी नियन्त्रणमा लिएको हो ।

१७ मार्च २०२० मा शोविक र सैमुअल मिरान्डाबीच च्याटिङ भएको थियो । उक्त च्याटमा शोविकले जैद मिलात्राको नाम सैमुअललाई दिएका थिए । सैमुअलले जैदलाई १० लाख रुपैयाँको ५ सय ग्राम ड्रग्स खरिद गर्न भनेका थिए । यसपछि सैमुलले जैदसँग सम्र्पक गरे । यसै च्याटको आधारमा एनसीबीले अनुसन्धान गरिरहेको छ ।

उल्लेखनीय विषय सुशान्त सिंहको निधनको केसलाई सीबीआई, एनसीबी र ईडीले एकैपटक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय