दमकमा समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै गत साउन ३१ गते राति देखि जारी गरिएको निषेधाज्ञा २१ गतेबाट खुकुलो बन्ने भएको छ । नगरपालिकामा आज भएको सर्वपक्षिय छलफलमा अब बजार तथा बित्तीय संस्था बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म खुला गर्ने निर्णय भएको दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिए ।
यसभन्दा अघि तेश्रो पटक निषेधाज्ञा थप्दा बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय भएको थियो । अब खुकुलो बनाउँदै अपरान्ह ४ बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरिएको उनले बताए ।
बजार खुले पनि शिक्षणसंस्था,होटल,व्यूटीपार्लर,सैलुन,जिम खाना,सेनिमा घर, मनोरञ्जनका पार्क,पार्टी प्यालेस जस्ता भिडभाड हुने क्षेत्र भने वन्दनै हुने छन् । खुलिएका पसल सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको छ ।
बजार खुल्ने भए पनि कोरोना संक्रमणको जोखिम कम नभएकाले भौतिक दुरी कायमै राखी व्यवसाय सञ्चालन गर्न दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले ब्यवसायीहरुलाई आग्रह गरे ।