Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
ललितपुरमा कफर्यु हट्यो, २६ गतेसम्म यी स्थानमा कडाई
Nepali Unicode | Preeti to Unicode

हिजो मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरुलाई रोक्न खोज्दा प्रहरीसँगको झडपपछि स्थिति अनियन्त्रित हुन नदिन कफर्यु आदेश जारी गरिएको थियो ।

कफर्यु हटेपछि मच्छिन्द्रनाथको रथ राखिएको वरपरको क्षेत्रमा भने कडाई गरिएको छ । उक्त क्षेत्रबाट मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिमतर्फ ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक, उत्तर बखुण्डोल चोक, मिननाथको रथ रहेको आसपासको क्षेत्रमा पाँचजना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

ललितपुरको रिङरोड भित्रको क्षेत्रमा कफर्यु हटेको छ । आज राति १० बजेबाट कफर्यु हटाइएको हो ।

भोलिबाट लागु हुने गरी २६ भाद्रसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुचना जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय