Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

हिजो मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरुलाई रोक्न खोज्दा प्रहरीसँगको झडपपछि स्थिति अनियन्त्रित हुन नदिन कफर्यु आदेश जारी गरिएको थियो ।

कफर्यु हटेपछि मच्छिन्द्रनाथको रथ राखिएको वरपरको क्षेत्रमा भने कडाई गरिएको छ । उक्त क्षेत्रबाट मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिमतर्फ ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक, उत्तर बखुण्डोल चोक, मिननाथको रथ रहेको आसपासको क्षेत्रमा पाँचजना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

ललितपुरको रिङरोड भित्रको क्षेत्रमा कफर्यु हटेको छ । आज राति १० बजेबाट कफर्यु हटाइएको हो ।

भोलिबाट लागु हुने गरी २६ भाद्रसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुचना जारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय