Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

काठमाडौँ, १९ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन् ।

बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री डा. कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको अवगत गराउँदै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्नसमेत आग्रह गरेका हुन् । कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसगैँ विचार र सिद्धान्तमासमेत घनिभूत छलफल हुनुपर्ने बताएका थिए ।

महामन्त्री डा. कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे । साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताएका थिए ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय