
विराटनगर, १९ भदौ । विराटनगरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा शुक्रबार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयकाअनुसार संक्रमितमध्ये २५ जना महिला र ३५ जना पुरुष छन् । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक हजार १ सय ७० पुगेको छ ।
कुन वडामा कति ?
विराटगरमा शुक्रबार संक्रमण पुष्टि भएकामध्ये पाँच जनाको वडा खुलेको छैन । मन्त्रालयका अनुसार वडा नम्बर १ मा सात जनामा संक्रमण पुष्टि भएको छ ।
विराटनगर वडा नम्बर २ मा पनि सात जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नम्बर ३ मा दुई जना, वडा नम्बर ४ मा पाँच जना, ५ मा दुई जना, ६ मा चार जना, ८ र १० मा सात–सात जना, ११ मा दुई जना, १२ मा चार जना र १५ मा आठ जनामा संक्रमण पुष्टि भएको छ ।