Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो।

यससंगै बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल संचालन गर्न पाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। चितवनमा संक्रमण दर अझै बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय भएको शर्माले जानकारी दिए।

चितवनमा पहिलोपटक साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसलगत्तै पूर्वीचितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिका समेत निषेधाज्ञा जारी गरिएको थियो। पछि थपिएको साता निषेधाज्ञाको बेला माडी नगरपालिकामा समेत निषेधाज्ञा थप गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय