Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले शुक्रबार अपराह्‍न ४ बजे पदबाट राजीनामा दिने बताएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले अर्थ मन्त्रालयको साढे दुईवर्षे कार्यकालको समीक्षा गरेका थिए । यसबीचमा आर्थिक अनुशासन र अर्थतन्त्रको सुधारमा उल्लेख्य प्रगति हासिल गर्न सकेको कार्यानुभव सुनाएको ती मन्त्रीको भनाइ छ ।

मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सात महिने कार्यानुभव पनि सुनाएका थिए ।

आजको मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने अनुमान गरिएको थियो । तर, त्यसबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव नआएको अर्का मन्त्रीले जानकारी दिए ।

ad
ad
प्रतिकृया दिनुहोस
ad
ad
ad
ad
ad

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय