Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

माघ १५ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले यही माघ २८ गते तय गरेको जनप्रदर्शनलाई ‘अहिलेसम्मकै विशाल’ बनाउने तयारी गरेको छ । केन्द्रीय संघर्ष समिति सचिवालयको बिहीबार बसेको बैठकले प्रदर्शन हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलन र आन्दोलनमा दिएको समर्थनका लागि सबैलाई धन्यवाद दिएका थिए ।
संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको प्रचण्ड–नेपालको ठहर छ ।
बैठकमा अध्यक्षद्वयले आफूहरूसँग केन्द्रीय कमिटीको दुईतिहाइ रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने बताएको रिजालले जानकारी दिए ।
अध्यक्षद्वयले संविधान भत्काएर प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्तापंक्तिलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय