Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा रहेको दक्षिणकालीका किसानको बारीमा फलेको नास्पाती बारीमै कुहिने अवस्थामा पुगेको छ । नास्पाती फल्ने मुख्य सिजन, नास्पाती बिक्रीबाट आएको पैसाले घरखर्च धान्दै आएका त्यहाँका अधिकांश किसानलाई कोरोनाको भन्दा कोरोनाका कारण आफ्नो उत्पादन बारीमै कुहिने चिन्ताले पिरोलेको छ । विगतमा स्थानीय ठेकेदारहरुले बारीमै पुगेर नास्पाती किन्ने गरेकोमा यो वर्ष कोरोना र कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन (निषेधाज्ञा) का कारण आएका छैनन् ।

दक्षिणकाली नगरपालिका–८ छइमलेका तेजबहादुर लामा नास्पातीको बजार व्यवस्थापन कसरी गर्ने भन्दा बारीमै कुहिएर खेर जाने पो हो कि भन्ने चिन्तामा छन् । गत वर्ष ९० हजार बराबरको २ सय बोरा नास्पाती बिक्री गरेका उनको खेतबारीमा ३४ बोट नास्पाती छन् । यो वर्ष पनि २ सय बोराभन्दा बढी फले पनि बिक्री नै नहुँदा घरखर्च कसरी धान्ने लामालाई समस्या परेको छ ।

विगत वर्षहरुमा प्रतिव्यक्ति कम्तिमा ७० हजारदेखि १ लाखसम्मको नास्पाती बिक्री गर्दै आएका त्यहाँका किसानहरु यो वर्ष सिजन सकिँदै लाग्दा पनि बजार व्यवस्थापनमा समस्या हुँदा समस्यामा परेका हुन् । जीविका चलाउने आधार नै नास्पाती भए पनि बिक्री नहुँदा सरकारले व्यवस्थापन गरिदिए हुन्थ्यो नि भन्छन् अर्का किसान पूर्णबहादुर तामाङ ।

विश्वव्यामी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले पूर्वाधार निर्माण, उपचार र स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गरिरहेको छ, यो सकारात्मक पक्ष नै हो । तर महामारी नियन्त्रणका क्रममा हुने निषेधाज्ञा तथा लकडाउनका कारण किसानको उत्पादनले उचित बजार नपाउँदा कुहिने अवस्थामा रहेका फलफूल, तरकारीलगायतका स्थानीय उत्पादनको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय