Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र प्रतिवेदन ढिला गरि प्राप्त भएका गण्डकी प्रदेशबाहेक अन्य प्रयोगशाला गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमण थपिनेमा मनाङ चामेमा एक जना नेपाल प्रहरीमा कार्यरत व्यक्ति रहेको जनाइएको छ । त्यसैगरी गोरखाको अजिरकोटका अर्का एकजना भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

अन्य ४१ जना कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु रहेको जनाइएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) अन्य प्रदेशका प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएका सबैलाई आइसोलेसन केन्द्रमा राखि सकिएको र अन्य सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय