Nepali Unicode | Preeti to Unicode
 BREAKING
दशैँका लागि मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा बाहिरिने | रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा | गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता | रसुवागढी क्षेत्रमा सुख्खा पहिरो, एक युवक घाइते | प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन | डिजिटल युगमा पनि पुस्तकालयको महत्व घटेको छैन : सञ्चार मन्त्री | बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु | शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो | नेपाल-भारत सीमाबाट ठूलो परिमाणमा चिनियाँ भेप बरामद | तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला,यस्तो छ दर्शनसम्बन्धी व्यवस्था |

नेपालबाट भारतको सीमा क्षेत्रबाट ठूलो परिमाणमा चिनियाँ विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । 

मधुवन नगरपालिकाको वडानं.५ को दश नम्बर गाउँको फुलराम चोक बाट  स्पेशम्यान एसपि चालिस हजार नामक चिनियाँ विद्युतीय  चुरोट( इलेक्ट्रिक भेप)एक हजार ९ सय २० थान बरामद गरेको हो । 

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको कमान्डमा खटिएको टोलीले साईकलमा ओसार पसार गर्न लागेको अवस्थामा बरामद गरेको खुलेको छ । 

उक्त चुरोटको एउटाको दुई हजार पाँच सय बजार मूल्य रहेको छ । सशस्त्र प्रहरीका अनुसार बरामद चुरोटको मूल्य ४८ लाख पचास हजार रहेको छ । सशस्त्र प्रहरीका एसपि मान बहादुर शाहीको विशेष सुराकीको आधारमा परिचालित प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा चुरोट बरामद गर्न सफल भएको छ । 

सीमा क्षेत्रबाट बरामद स्पेशम्यान एसपि चालिस हजार नामक चिनियाँ विद्युतीय  चुरोट( इलेक्ट्रिक भेप)गुलरियास्थित राजापुर भन्सार कार्यालयमा बुझाउने एसपि शाहीले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय