
हलिउड अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अभिनेता प्याटिन्सनलाई बेलायतमा चलचित्र द ब्याटम्यानको छायांकनको क्रममा रहेका कोरोना देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ। मार्चदेखि रोकिएको द ब्याटम्यानको छायांकन यहि हप्तामात्रै सुरु भएको थियो। प्याटिन्सनमा संक्रमण देखिएपछि तीनमहिनाको छायांकन बाँकी रहेको रहेको चलचित्रको पुनः छायांकन रोकिएको छ।