Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

माघ ११ । चितवनमा रहेका ३४८ एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो ।
एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो । फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बिमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बिमा गरेका हुन् ।
संक्रमित खुलेर आउने वातावरण बनाउनका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । बिमा गरिएका परिवारमा एकभन्दा बढीसमेत संक्रमित रहेको सापकोटाले बताए ।
जिल्लामा अहिले एक हजार ९२६ संक्रमित छन् । तीमध्ये १४७ बालबालिका हुन् । फाउन्डेसनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४७१ महिला र ४५१ पुरुषसहित ९६७ रहेका छन् । सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ । थपिएका व्यक्तिमध्ये चार बालबालिका रहेका छन् । आठ हजार ७६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको फाउन्डेसनका स्रोत व्यक्ति डा। युवानिधि बसौलाले जानकारी दिए । बसौलाका अनुसार सन् २०२० मा संक्रमितमध्ये १५ को मृत्यु भएको छ । मृत्यु हुनेमा एक कोरोना संक्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय