Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

एजेन्सी, १९ भदौ । यूईएफए नेशन्स लिगमा रसियाले सुखद सुरुआत गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा रसियाले सर्वियालाई ३–१ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा रसियालाई जिताउन अर्टेम डज्युवाले दुई गोल गरे भने भ्याचेस्लाभ काराभयवले एक गोल गरे । सर्बियाका एलेक्जेन्डर मिट्रोभिकले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औं मिनेटमा डज्युवाले पेनाल्टीमा गोल गर्दै रसियालाई अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा काराभयवले गोल गरेपछि रसियाले आफ्नो अग्रता दोब्बर बनायो । ७८औं मिनेटमा मिट्रोभिकले गोल गर्दै सर्बियालाई खेलमा फर्काउने प्रयास गरे ।

तर, खेलको ८१औं मिनेटमा डज्युवाले दोस्रो गोल गर्दै रसियालाई ३–१ गोलको जित दिलाए । जितसँगै समूह ‘जी’को रसियाले ३ अंक जोडेको हो ।

सोही समूहको अर्को खेलमा हंगेरीले टर्कीलाई १–० गोलले हराउँदै ३ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय