Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

एजेन्सी, १९ भदौ । यूईएफए नेशन्स लिगमा रसियाले सुखद सुरुआत गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा रसियाले सर्वियालाई ३–१ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा रसियालाई जिताउन अर्टेम डज्युवाले दुई गोल गरे भने भ्याचेस्लाभ काराभयवले एक गोल गरे । सर्बियाका एलेक्जेन्डर मिट्रोभिकले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औं मिनेटमा डज्युवाले पेनाल्टीमा गोल गर्दै रसियालाई अग्रता दिलाए ।

खेलको ६९औं मिनेटमा काराभयवले गोल गरेपछि रसियाले आफ्नो अग्रता दोब्बर बनायो । ७८औं मिनेटमा मिट्रोभिकले गोल गर्दै सर्बियालाई खेलमा फर्काउने प्रयास गरे ।

तर, खेलको ८१औं मिनेटमा डज्युवाले दोस्रो गोल गर्दै रसियालाई ३–१ गोलको जित दिलाए । जितसँगै समूह ‘जी’को रसियाले ३ अंक जोडेको हो ।

सोही समूहको अर्को खेलमा हंगेरीले टर्कीलाई १–० गोलले हराउँदै ३ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय