Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

८ माघ । नेकपा ओली समूह ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो ।
सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
प्रचण्ड–माधव समूहका नेता उमेश यादवले संसद विघटनको असंवैधानिक कदमविरुद नारा लगाएकै कारण पक्राउ गर्नु तानाशाही प्रवृत्ति भएको बताए । पक्राउ गरिएकाहरुलाई तत्काल रिहा गर्न उनले माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय