Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
ओलीले संसद् होइन, संविधान र गणतन्त्र नै विघटन गरेका प्रचण्डको भनाई
Nepali Unicode | Preeti to Unicode

माघ ५ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम संविधान र गणतन्त्रमाथिकै प्रहार भएको बताएका छन् ।
पार्टीनिकट महिला संगठनले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले यो कुरा राम्रोसँग स्थापित हुनुपर्ने आग्रह राखे ।
“पत्रकार साथीहरू यो कुरालाई राम्रोसँग स्थापित गर्नुपर्छ । केपी ओलीले संसद् विघटन गरेका होइनन् । संविधानमा यो व्यवस्था पनि छैन । प्रधानमन्त्रीलाई यो अधिकार पनि छैन । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै विघटन गरेका हुन्,” प्रचण्डले भने ।
उनले ढिलो नगरी जनअदालतबाट यो खारेज गर्नुपर्ने बताए । ७० वर्षको त्याग तपस्याबाट आर्जन गरेको उपलब्धि पास्न केपी ओली खलनायक प्रतीत भएको उनले बताए ।
प्रधानमन्त्रीले निरंकुशताको सपना देख्दै परिवर्तनहरूको हत्या गर्न उद्यत रहेको उनले बताएका हुन् । उनले माघ ९ गते विशाल प्रदर्शनमार्फत् जनताको शक्ति देखाउनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय