Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

काठमाडौँ, १७ भदौ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए ।

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उनले वैकल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको बताए ।

“मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक लिएका छन्”, मन्त्री पोखरेलले भने, “त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।”

कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पु¥याउनुपर्ने धारणा राखे । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षाबारे अविलम्ब निर्णय गर्न आग्रह गरे ।

विद्यार्थी नेताले वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिकसत्रलाई जोगाउनुपर्ने, अवरुद्घ परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्नेलगायत विषयमा मन्त्री पोखरेललाई ध्यानाकर्षण गराएका थिए ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय