Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
लोपोन्मुख कछुवा संरक्षण
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिएको छ । विश्वमा नै अतिसंकटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्ष अघिदेखि उद्दार गरेर संरक्षणको कार्य सुरु गरेका कारण यो नगरपालिका कछुवा संरक्षित नगरका रुपमा चिनिन पुगेको हो ।

पानी र जमिन दुवै ठाउँमा बस्नसक्ने कछुवा उभयचर जीव हो । प्रकृतिको सर्वाधिक पुरानो जीवधारी मानिने कछुवा सरिसृप वर्गमा पर्छ । यसलाई अहिले अर्जुनधारा नगरपालिकामा संरक्षण गरेर राखिएको छ । सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र आठ प्रजातिका ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको टीआरसीसी टटल्स क्लबका कार्यक्रम निर्देशक समीर अधिकारीले बताए ।

उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (एआरसीओ, आर्काे) को सहयोगमा सन् २०१२ बाट समुदायमा आधारित भएर यहाँ कछुवा संरक्षण कार्यक्रम सुरु गरिएको र सोही कार्यक्रममार्फत् कछुवा संरक्षणको काम थालिएको हो । टटल्सका कार्यक्रम निर्देशक अधिकारीले यस ठाउँमा अहिले कछुवाको प्रजनन्समेत हुँदै आएको जानकारी दिए ।

प्रतिष्ठानले तीन बिघा क्षेत्रमा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा ल्याएको छ । जहाँ विश्वमा दुर्लभ मानिएका कछुवालाई संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षण तथा प्रजनन केन्द्रमा राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित चार प्रजातिका अतिसंकटापन्न कछुवा र विदेशमा मात्रै पाइने रातो काने कछुवा यहाँ राखिएको टटल्सका कार्यक्रम निर्देशक अधिकारीले बताए ।

संरक्षण केन्द्रमा राखिएको कछुवामध्ये ठोटरी प्रजाति एक हो । ठोटरी अर्थात् विश्वमा नै अति संकटापन्न अवस्थामा रहेको यो प्रजातिको कछुवा विशेषगरी सालसँग सम्बन्धित जंगलमा मात्रै बस्न रुचाउने गर्छ,’ अधिकारीले भने, ‘यो कछुवा विशेषगरी मध्यपहाड र तराईमा पाइन्छ, यो कछुवालाई मानिसले मासुका लागि घरमासमेत पाल्ने गरेका छन् । मासुका लागि प्रयोग भएका कारण यो प्रजातिको कछुवा विश्वमै लोप हुँदै गयो ।’

केन्द्रमा संरक्षण गरेर राखिएको अर्काे प्रजातिको कछुवा हो– नरम खवटे । यो कछुवा वर्षायाममा धेरै देखिने गरिएको छ । यसलाई टिकटिके पनि भन्ने गरिन्छ । यो प्रजातिको कछुवा पानीमा बस्न रुचाउने गर्छ । त्यस्तै केन्द्रमा संरक्षण गरिएको अर्काे प्रजाति हो– पहेँलो धुरे । पहेँलो धुरे कछुवासँगै यहाँ भारतीय धुरे कछुवासमेत संरक्षण गरेर राखिएको छ ।

कछुवा संरक्षणका लागि प्रतिष्ठानले सानाठूला पोखरी, खुल्ला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपण गरेको छ । जहाँ झापाका विभिन्न ठाउँबाट उद्दार गरेर ल्याइएका कछुवालाई छाडिएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

पर्यावरण सन्तुलन राख्न कछुवाको भूमिका महत्वपूर्ण रहन्छ अर्जुनधारा नगरपालिका प्रमुख रानाले भने, ‘यहाँ आठ वर्षदेखि कछुवा संरक्षण गरेर राखिएको छ । कछुवाको संरक्षका लागि शहीद सुखानी स्मृति प्रतिष्ठानले व्यवस्थापन गरे पनि नगरकोसमेत सहयोग छ ।’

कछुवा संरक्षणका लागि नगरले हरेक वर्ष बजेटसमेत विनियोजन गर्दै आएको र कछुवा संरक्षण गरेकै कारण शहीद सुखानी स्मृति प्रतिष्ठानमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेकाले गत वर्ष यो नगरलाई कछुवा संरक्षित नगर घोषणा गरिएको नगरप्रमुख रानाको भनाइ छ । अर्जुनधारामा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौँ, धनगढीलगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । अहिले पनि दुईजना विद्यार्थीले कछुवाकै विषयमा विद्यावारिधि गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

प्राणीशास्त्रीहरूले कछुवालाई मुख्यतः तीन भागमा बाँडेर अध्ययन गर्ने गरेको मेची बहुमुखी क्याम्पसका जीवविज्ञानका प्राध्यापक डा. कालुराम खम्बूले बताए । उनका अनुसार पहिलोमा समुद्री (टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा (टेरापिन) र तेस्रो जमीनमा पाइने कछुवा (टारटायस) पर्दछ ।

मानिसको भन्दा झण्डै दोब्बर आयु भएको कछुवाले एक पटकमा चारदेखि नौ वटासम्म अण्डा पार्ने गरेको उनको भनाइ छ । अण्डा पारेको १७० दिनको हाराहारीमा उपयुक्त वातावरण हुँदा अण्डा कोरल्ने गरेको बताइन्छ । विश्वमा रहेका ३६५ प्रजातिका कछुवामध्ये नेपालमा १८ प्रजातिका कछुवा पाइने उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्काे) ले जनाएको छ ।

विश्वमा ५० र नेपालमा ५८ प्रतिशत कछुवा लोपोन्मुख अवस्थामा रहेको कछुवासम्बन्धी अध्ययनमा विद्यावारिधि गरेका केन्द्रका प्रमुख संरक्षक आर्काे नेपालका प्रतिनिधि तपिलप्रकाश राईले बताए । नेपालमा पहिलो पटक सन् १९९८ मा जर्मन नागरिक प्राध्यापक डा. हर्मनस्लेकले कछुवाको अध्ययन गरी चितवनको राष्ट्रिय निकुञ्जमा कछुवाको संरक्षण सुरु गरे । त्यसपछि नेपालमा अहिलेसम्म दोस्रो र ठूलो क्षेत्रफलमा सहिद सुखानी स्मृति प्रतिष्ठानमा कछुवा संरक्षण केन्द्र सञ्चालनमा छ ।

कछुवा संरक्षण केन्द्र सञ्चालनमा आएसँगै कछुवाको संरक्षणका लागि टटल्स क्लबका पदाधिकारीले अहिले विभिन्न १२ जिल्लामा ७० जनाले कछुवा संरक्षणका लागि चेतना फैल्याउँदै आएका छन् ।

कछुवालाई राख्न छुट्टै क्वारेन्टिन

अर्जुनधारा नगरपालिकामा कछुवालाई राख्नका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको छ । ‘कछुवा संरक्षण तथा प्रजनन् केन्द्र’ को हाताभित्र उद्दार गरेर ल्याइएका कछुवालाई सुरुमा छुट्टै क्वारेन्टिनमा राख्ने गरिएको र निरोगी भएको प्रभाणित भएमात्रै खुला छाड्ने गरिएको प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले बताए । ‘कुनै न कुनै माध्यमबाट यहाँ उद्दार गरेर ल्याइएका कछुवालाई सुरुमा क्वारेन्टिनमा राखेर मात्रै खुल्लारुपमा छाडिन्छ,’ भट्टराईले भने, ‘बिरामी अवस्थाको कछुवा भए उपचार गरेर पूर्णरुपमा निरोगी बनाएर मात्रै छाड्छौँ ।’

‘प्रतिष्ठानको हाताभित्र बनाइएको क्वारेन्टिनमा बच्चालाई समेत राख्ने गरिएको छ । कछुवाका अण्डा भेला गर्दै प्रतिष्ठानमा तयार गरिएको ‘इन्क्युवेटर’मा राखेर उपयुक्त तापक्रम दिएपछि अण्डा कोरलिन्छ त्यसपछि कछुवाका बच्चालाई पनि क्वारेन्टिनमा राखिन्छ र हेरचाह गरिन्छ,’ टटल्स क्लबका निर्देशक अधिकारीले भने ।

संरक्षणका लागि ल्याइएका कछुवालाई बिरामी पर्दा उपचारमा भने समस्या हुने गरेको प्रतिष्ठानले जनाएको छ । टटल्सका कार्यक्रम निर्देशक अधिकारीका अनुसार कछुवासँग सम्बन्धित ‘भेटेरिनरी’ नभएका कारण कछुवा बिरामी हुँदा कछुवाको भित्री रोग या घाउ पत्ता लगाउन गाह्रो हुने गरेकाले अनुमानका भरमा औषधि गर्दै आइएको छ ।

‘कछुवाको बाहिरी अवस्था हेर्ने, उसले खाए–नखाएको छुट्याउने, उसको दिनचर्या कस्तो छ, त्यो विचार गरेर मात्रै निरोगी कछुवा बिरामी भएको छुट्याउँदै आएका छौँ,’ अधिकारीले भने । यसको छुट्टै भेटेरिनरी भएको भए सहज हुने उनीहरुको भनाइ छ ।

चोरी शिकारीले लोप भए कछुवा

झापामा रहेका विभिन्न सिमसार क्षेत्रमा एक दशकअघिसम्म जताततै कछुवा देख्न सकिने गरेकोमा अहिले भने सबै कछुवा लोप भएका विर्तामोड–१ का पुराना बासिन्दा लक्ष्मण ढकालले बताए । उनका अनुसार कछुवा लोप हुनुको मुख्य कारण चोरी सिकारी नै हो । ‘वर्षायाम सुरु भएसँगै जताततै देखिने कछुवा लोप हुनुको अर्काे कारण यसको संरक्षण नहुनु पनि हो,’ ढकालले भने, ‘अरु जीवजन्तुजस्तो कछुवा छिटो भाग्न सक्दैन, त्यही भएर कछुवा मार्दैै मासु खाने प्रबृत्तिले कछुवा लोप भएका हुन् ।’

विशेषगरी पहेँलो धुरो, नरम खपटे र ठोटरी कछुवा झापाका विभिन्न सिमसार तथा खोला किनारमा पाउन सकिन्छ । तर, चोरी सिकारीकै कारण कछुवा लोप भएको ढकालले बताए । कछुवा मात्र होइन कृषिमा यान्त्रिकीकरणको बढ्दो प्रयोगले सरिसृप वर्गमा पर्ने अन्य धेरै जीवजन्तु नासिएर गएको ढकालको भनाइ छ । खेतबारीमा अहिले धान रोप्ने समयमा ट्रयाक्टरको प्रयोग हुन्छ, यसले धेरै सरिसृप र्वमा पर्ने जीवजन्तुलाई असर पर्दा मासिएर गए । जथाभावी जमिनमा विषादीको प्रयोगलेसमेत कछुवालगायतका जीवजन्तुलाई असर गरेको छ । कतिपय जीवजन्तु त आहारकै अभावमा मरेर नासिएको ढकाल बताउँछन् ।

अर्जुनधारा नगरपालिकमा कछुवा संरक्षणका लागि गरिएको प्रयासप्रति खुसी व्यक्त गर्दै ढकालले भने, ‘प्रकृति र मानवबीचमा वातावरणीय सन्तुलन कायम राख्न कछुवालगायतका धेरै जीवजन्तुको भूमिका उच्च हुन्छ, यस्ता प्रजातिलाई संरक्षण गर्न सक्नुपर्छ ।’ कछुवाले पानी शुद्ध राख्न अह्म भूमिका खेल्छ । ‘पानीमा मरेका जीवजन्तुलाई खाएर पानी शुद्ध राख्ने कछुवा नै लोप भएपछि प्रकृति र मानवबीचमा पर्यावरण कसरी सन्तुलित हुन्छ ?’ ढकालको प्रश्न छ । जलवायु परिर्वतन र प्लाष्टिकजन्य फोहरका कारणसमेत कछुवालगायत सरिसृप वर्गमा पर्ने धेरै जीवजन्तु लोप हुँदै गएको वाल्मिकी एजुकेसन फाउन्डेसनमा प्राध्यापनरत ढकालको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय