Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

कारोबार खुलेको १ घण्टामै बजारमा एक अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टामै ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा राधी विद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नेपाल पुनर्बिमा कम्पनी, अरुण काबेली हाइड्रोपावर र वरुण हाइड्रोपावर छन् ।

११ बजेर ५९ मिनेटसम्ममा बजारमा २१ लाख ८६ हजार ३८१ कित्ता सेयर किनेबच हुँदा एक अर्ब ६ करोडमाथिको कारोबार भएको छ । भने नेप्से २१.२८ अंकले बढेर १५०० विन्दुमाथि १५०६.२८ अंकमा पुगेको छ ।

व्यापार व्यवसाय ठप्प हुदा नयाँ लगानीकर्ताको प्रवेश र निक्षेपको ब्याजदर न्यून हुँदा बैंकका निक्षेपकर्ता निरुत्साहित भएर सेयर बजारमा लगानी बढाउँदा बजारमा उछाल देखिएको छ । यस्तै कर्जाको ब्याजदर घट्नु पनि बजार बढ्नुको कारण रहेको बजारका जानकाहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय