Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

कारोबार खुलेको १ घण्टामै बजारमा एक अर्बभन्दा माथिको कारोबार भएको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाहेक अन्य कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टामै ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्ने कम्पनीहरुमा राधी विद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नेपाल पुनर्बिमा कम्पनी, अरुण काबेली हाइड्रोपावर र वरुण हाइड्रोपावर छन् ।

११ बजेर ५९ मिनेटसम्ममा बजारमा २१ लाख ८६ हजार ३८१ कित्ता सेयर किनेबच हुँदा एक अर्ब ६ करोडमाथिको कारोबार भएको छ । भने नेप्से २१.२८ अंकले बढेर १५०० विन्दुमाथि १५०६.२८ अंकमा पुगेको छ ।

व्यापार व्यवसाय ठप्प हुदा नयाँ लगानीकर्ताको प्रवेश र निक्षेपको ब्याजदर न्यून हुँदा बैंकका निक्षेपकर्ता निरुत्साहित भएर सेयर बजारमा लगानी बढाउँदा बजारमा उछाल देखिएको छ । यस्तै कर्जाको ब्याजदर घट्नु पनि बजार बढ्नुको कारण रहेको बजारका जानकाहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय