Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

पुस २०। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ । त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘‘प्रतिनिधि सभा विघटन गर्ने कार्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक कार्य हो भन्ने काँग्रेसको ठहर छ ।’’

प्रतिनिधि सभा विघटनबारे काँग्रेसमा ‘दुई धार’ रहेको भनी केही सञ्चार माध्यमबाट गलत सूचना प्रवाह भएको भन्दै बैठकको निर्णयमा भनिएको छ, ‘‘भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयका आधारमा समाचार सम्प्रेषणका लागि सबै सञ्चार माध्यमलाई यो बैठक हार्दिक आग्रह गर्दछ ।’’
आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय