Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पुस २०। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने निर्णय गरेको छ । त्यसक्रमा विरोध कार्यक्रम प्रदेश निर्वाचन क्षेत्रसम्म पु¥याउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘‘प्रतिनिधि सभा विघटन गर्ने कार्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक कार्य हो भन्ने काँग्रेसको ठहर छ ।’’

प्रतिनिधि सभा विघटनबारे काँग्रेसमा ‘दुई धार’ रहेको भनी केही सञ्चार माध्यमबाट गलत सूचना प्रवाह भएको भन्दै बैठकको निर्णयमा भनिएको छ, ‘‘भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयका आधारमा समाचार सम्प्रेषणका लागि सबै सञ्चार माध्यमलाई यो बैठक हार्दिक आग्रह गर्दछ ।’’
आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय