
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेकाले आज देशभरका केही स्थानहमा अधिक बर्षाको सम्भावना रहेको छ ।
आज दिउँसोसमेत देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थौरै स्थानहरुमा र बागमती प्रदेशका भारी वर्षाको सम्भावना रहेको छ ।