Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष १७ । निर्वाचन आयोगले आउँदो वैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी थालेको छ ।
सरकारले यही पुस ५ गते संसद् विघटन गरी ०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो ।
उक्त निर्वाचनका लागि आउँदो माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।
निर्वाचन घोषणा भएसँगै पुस ६ गतेदेखि मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको छ । पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
“सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिने, मुत्यु भएका वा बसाइ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिनका लागि सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ,’’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय