Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

पौष १७ । निर्वाचन आयोगले आउँदो वैशाखमा घोषणा गरिएको निर्वाचनको तयारी थालेको छ ।
सरकारले यही पुस ५ गते संसद् विघटन गरी ०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो ।
उक्त निर्वाचनका लागि आउँदो माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।
निर्वाचन घोषणा भएसँगै पुस ६ गतेदेखि मतदाता नामावली दर्ता कार्य स्थगन गरिएको छ । पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।
“सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन निवेदन दिने, मुत्यु भएका वा बसाइ सरी गएका वा दोहोरो नाम रहेका मतदाताको नाम हटाउन सूचना दिने तथा झुटा विवरण दिई कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिनका लागि सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ,’’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय