
एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छिन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खातुनले प्रधानमन्त्री ओलीसँग भेटेको जनाएका छन् ।
पर्साकी खातुनमाथि एसिड आक्रमण भएको थियो । उनी आक्रमणपछि लामो समय अस्पताल भर्ना भएकी थिइन् ।