Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

राष्ट्रियसभामा जान्न बरु संसदीय चुनाव लड्छु भनेका बामदेव गौतमलाई कहिले पाल्पा त कहिले डोल्पा देखाइयो । काठमाडौंबाट बामदेवका लागि सिट छाड्छु भन्दै रामवीर मानन्धर अचानक हात उठाउन थाले । हेर्दाहेर्दै समय गुज्रियो । संसदीय चुनाव भएको अढाई वर्ष कट्यो । बामदेवका लागि उपचुनाव ‘जुनतारा खसाउने प्रेमीको गफ’ सावित भयो ।

नेकपाभित्र विवाद चल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गरे । उनी दंग परे । बामदेवले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखी संविधानको धारा परिवर्तनको प्रस्ताव राखिरहे । तर, यो ओली र प्रचण्डबीचको टकरावलमा राजनीतिक अस्त्रमै सिमित भयो ।

बामदेवलाई राष्ट्रियसभामा लाने नेकपा सचिवालयले निर्णय गरेको थियो । उनलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यमा लाने गरी निर्णय भएको थियो ।

आफूले गरेको योगदानको कदर नभएको र पटक पटक धोका खाएको भन्दै बामदेव ओलीसँग चिढिने गरेका छन् । तर, उनले अन्तिम समयमा साथ दिएर ओलीले पटक पटक बाजी मारेका छन् । यसपटक सत्ता संकट पर्दा पनि गौतमकै सहयोगले जोगिए । तर, ओलीले फेरि धोका दिन लागेको भन्दै बामदेव चिढिएका छन् ।

गत शुक्रबार ओलीसँग दुई घन्टा लामो भेटमा गौतमले आफू राष्ट्रियसभामा जान चाहेको र सरकारमा महत्वपूर्ण मन्त्रालयसहित जिम्मेवारी लिन तयार रहेको बताएका थिए । तर, ओलीले सकारात्मक उत्तर नदिएको बुझिएको छ । गौतमले भने आफ्नो आर्थिक नीति लागु गर्नका लागि अर्थ मन्त्रालयको जिम्मेवारी लिने चाहना देखाएका थिए ।

अर्थमन्त्री युवराज खतिवडा सांसद मनोनित नभए स्वतः पदमुक्त हुनेछन् । तर, ओलीका लागि खतिवडा नै प्रीय छन् । यो बुझेर गौतम निकटले खतिवडाको आलोचना गर्दै आएका छन् । पार्टीमा कुनै योगदान नभएको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै आलोचना गरिरहेका छन् ।

अहिलेको विकसित घटनाले अब बामदेवको विषयले नेकपाभित्र बबण्डर मच्चिने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय