काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले स्थायी कमिटी सदस्य बनाउने तयारी गरेको छ । वरिष्ठ नेता झलनाथ खनालले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव गरेका छन् । एक सचिवालय सदस्यका अनुसार खनालले पाण्डेलाई प्रस्ताव गरेका हुन् । आजको केन्द्रीय कमिटी बैठकले उनलाई अनुमोदन गर्ने सम्भावना भने कमै रहेको उनले बताए ।
त्यस्तै ती सदस्यका अनुसार पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रचण्ड–नेपाल समूहमै फर्किएको जानकारी दिए । नेपाल निकट तामाङ मंगलबारको केन्द्रीय कमिटी बैठकमा केपी शर्मा ओली समूहको बैठकमा बालुवाटार पूगेका थिए । उषाकलालाई ओलीले विस्तारित केन्द्रीय कमिटीमा राखेका थिए । उनले पद त्यागेको घोषणा गरिसकेकी छन् ।