Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

जोखिम निरन्तर बढिरहेकाले उपत्यकामा जारी रहेको निषेधाज्ञा हटाउने वा कायम गर्ने भन्नेबारे भने टुङ्गो लागेको छैन । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको वैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णयको समय भोलि मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक उपत्यकामा निषेधाज्ञा थपिएको थियो । उपत्यकाको कोरोना संक्रमणको अवस्थालगातयका अन्य सुरक्षा चुनौतीबारे भने आजै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच अनौपचारिक ‘भर्चुअल मिटिङ’ गर्ने तयारी छ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा थप कडाइ गर्ने तयारी स्थानीय प्रशासनको छ ।

प्रमुख जिल्ला अधिकारीले भने,“संक्रमणको अवस्था हेर्दा थप कडाइ गर्नुपर्ने देखिएको छ । निरन्तर संक्रमित बढिरहेका छन् । तर निषेधाज्ञाबारे निर्णय भइसकेको छैन । यसबारे भोलि नै निर्णय हुन्छ ।”

प्रहरी अधिकारीले पनि निषेधाज्ञा हटाइए संक्रमण फैलिने अनौपचारिक सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय