Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
संसद अधिवेशन आह्वानका लागि सभामखुलाई आग्रह गर्ने जसपाको निर्णय
Nepali Unicode | Preeti to Unicode

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा अहिले पनि जिवित रहने निष्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए।

उनले भने, ‘प्रतिनिधिसभा अहिलेपनि जिवित छ त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधिसभाको बैठक शुरु गर्नको निम्ति आह्वान गर्ने पनि निर्णय गरेका छौँ।’

प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। जस अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा कन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि संघीय परिषद अध्यक्ष डा. भट्टराईले बताए।

बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरुपमा खारेज गरेको पनि डा. भट्टराईले बताए।

उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको जुन घोषणा गरियो त्यो पूर्णरुपले असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी छ त्यसलाई जनता समाजवादी पार्टी पूर्णरुपमा खारेज गर्दछ। जनप्रतिनिधि सभालाई त्यो ढंगले विघटन गर्ने अधिकार संविधानमा छँदैछैन। हामी संविधान निर्माताहरु अहिलेसम्म जिवितै छौँ।’

‘हिजोको प्रणालीको जुन संसदीय व्यवस्था हो त्यहाँ प्रधानमन्त्रीको विशेष अधिकार हुन्थ्यो तर पटकपटक दुरुपायोग भएको हुनाले हामीले यो नयाँ संविधानमा त्यो प्रयोजन पुरै खारेज गरेर प्रधानमन्त्रीलाई कुनै विशेष अधिकार दिएको छैन। त्यसैले प्रधानमन्त्री र राष्ट्रपतिले जुन संविधान उलङ्घन गर्नुभएको छ त्यसप्रति हाम्रो घोर आपत्ति छ विरोध छ र हामी प्रतिनिधि सभा अहिलेपनि जिवित छ भन्ने मान्यता राख्छौँ। हाम्रो निर्णय यो भएको छ,’ भट्टराईले थपे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय