Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् ।

बादललाई भेट्न प्रचण्ड मन्त्री निवास पुल्चोक नै पुगेका हुन् । बालद र प्रचण्डबिच १० मिनेट जति कुराकानी भएको बताइएको छ । त्यसअघि बादलले आफू पक्षीय नेताहरुसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले आइतबार सामूहिक राजीनामा दिएका थिए ।

तर पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका बादल र लेखराज भट्टले भने राजीनामा दिएनन् । भट्टले आफ्नो साथ प्रधानमन्त्री ओलीलाई रहेको स्पष्ट पारेका छन् ।

बादल पनि ओलीकै पक्षमा रहेका बताइन्छ । तर उनी सोमबार बिहान बालुवाटारमा भएको भेलामा नगई आफू पक्षका नेतासँग पुल्चोकमै परामर्शमा जुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय