Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
जानकी मन्दिरमा सीतारामको विवाह हेर्न भक्तजनको भीड, भारतबाट आएनन् जन्ती
Nepali Unicode | Preeti to Unicode

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज वैवाहिक कार्यक्रम भइरहेको छ।

जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ।

एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत आज छठौँ दिन सीता रामको वैवाहिक कार्यक्रम रहेको छ। वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।

अन्य वर्ष नेपालको विभिन्न स्थान सहित भारतको विभिन्न राज्यबाट श्रद्धालुभक्तजनहरु आउने गरेको भएतापनि यस वर्ष कोरोना महामारीको कारण केहि व्यक्तिहरु मात्र आएका छन्।

नेपाल भारतको सीमानाका बन्द रहेकोले समेत श्रद्धालुको संख्यामा कमी आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।

प्रत्येक वर्ष भारतको अयोध्याबाट जन्तीहरु आएपनि यस वर्ष आएका छैनन् । नेपाल र भारतका केहि साधुसन्तहरु आएकोमा राम मन्दिरको तर्फबाट तिनीहरु नै जन्तीको प्रतिनिधित्व गरेका छन् ।

कोरोनाको कारण यस वर्ष वैवाहिक कार्यक्रम साँझ देखि नै सुरु गरिएको छ । भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय