Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज वैवाहिक कार्यक्रम भइरहेको छ।

जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ।

एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत आज छठौँ दिन सीता रामको वैवाहिक कार्यक्रम रहेको छ। वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ।

अन्य वर्ष नेपालको विभिन्न स्थान सहित भारतको विभिन्न राज्यबाट श्रद्धालुभक्तजनहरु आउने गरेको भएतापनि यस वर्ष कोरोना महामारीको कारण केहि व्यक्तिहरु मात्र आएका छन्।

नेपाल भारतको सीमानाका बन्द रहेकोले समेत श्रद्धालुको संख्यामा कमी आएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए।

प्रत्येक वर्ष भारतको अयोध्याबाट जन्तीहरु आएपनि यस वर्ष आएका छैनन् । नेपाल र भारतका केहि साधुसन्तहरु आएकोमा राम मन्दिरको तर्फबाट तिनीहरु नै जन्तीको प्रतिनिधित्व गरेका छन् ।

कोरोनाको कारण यस वर्ष वैवाहिक कार्यक्रम साँझ देखि नै सुरु गरिएको छ । भिडभाडलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय