Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते
Nepali Unicode | Preeti to Unicode

शनिबार अपरान्ह बैतडीको मेलौलीनगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ । दुर्घटनामा चालक घाईते भएका छन् ।

शनिबार ४ः३० बजेको समयमा मेलौलीनगरपालिका –९ , स्थित भित्री सडक खण्डको असुरबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नं. को खाली ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १०० मिटर तल भीरमा खसेको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मेलौलीनगरपालिका–९,तल्लागाउँका नारायण भट्ट र थपाल्लेक गाउँकाअर्का नारायण भट्ट गरि दुई जनाको जनाको ज्यानगएको छ ।
ट्याक्टर दुर्घटनामा एकै गाउँमादुई जनाको मृत्यु भएपछि मेलौलीनगरपालिकाको अशुर गाँउ शोकमा डुबेको छ ।

दुर्घटनामा घाईते चालक कैलालीको गौरीगंगानगरपालिका–३, का २५ वर्षिय अमृत चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको सडक खण्ड यातायात सञ्चालगर्न अनुमतिनपाएको क्षेत्र हो ।

घाईते चालकको स्थानीय मेडिकलमा उपचार भईरहेको र मृतकभट्टको लाशनिकाल्ने कार्य भईरहेको छ । घटना स्थलमा प्रनानिजनकसिंह धामीको कमाण्डमा ५ जनाको प्रहरी खटिएको जिल्लाप्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुईमहिनाको अवधिका बैतडीका २० जनाले सडक दुर्घटनामा ज्यानगुमाएका छन् भने ६० जना घाईते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय