
उपाध्यक्ष बामदेव गौतम पनि खुमलटार पुगेका छन्।
पार्टी समिकरणमा महत्वपूर्ण मानिएका गौतम पौने ११ बजे खुमलटार पुगेकाे प्रचण्ड सचिवालयले जनाएकाे छ । ओली र प्रचण्डबीच ११ बजेदेखि वार्ता भइरहेको छ।
गौतमले पछिल्लो पटक प्रचण्डको पक्षमा दरिलोसँग उभिएको बताउँदै आएका थिए। शनिबार हुने ओली, प्रचण्ड र गौतमबीच हुने त्रीपक्षीय वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ।
ओली पक्षका नेताहरुले शनिबार ओली र प्रचण्डबीच सघन वार्ता हुने र सहमति पनि हुन सक्ने दाबी गरेका छन्। तर प्रचण्ड पक्ष त्यसमा त्यति आशावादी छैनन्।