Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

चितवन : चितवनको रत्ननगर नगरपालिकाले मेयरसँग उद्यमशिलता कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले गरि, विपन्न तथा विदेशबाट स्वदेश फर्किएका युवालई उद्यमी बनाउने उद्देश्यले मेयरसँग उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रवक्त्ता राजेन्द्र हमालले जानकारी दिए । प्रवक्त्ता हमालका अनुसार उद्यमशिलता विकास कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले बैंकसँग सम्झौता गरिसकेको छ ।
उत्त कार्यक्रमले युवाहरुलाई उद्यमी बनाएर गरिवी न्यूनीकरण गर्ने विश्वास गरिएको छ । उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत व्यवसाय, कुखुरापालन, गाई, बंगुर, माछा, तरकारी तथा केरा खेती गर्न विना धितो विना व्याज कर्जा लगानी गरिने छ ।
विहीवार काठमाडौंमा आयोजित एक समारोहमा रत्ननगरका मेयर नारायण वन र नेपाल बैंक केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीबीच लिखित सम्झौता भएको छ । उत्त कार्यक्रम सञ्चालनको लागि रत्ननगरले एक करोडको कोष स्थापना गरेको छ । नेपाल बैंकले साढे २ करोड लगानी गर्ने गरी सहमति भएको मेयर वनले जानकारी दिए ।
सरकारले उद्यम गर्न चाहनेको लागि व्याजमा दिने छुट कटाएर बाँकी व्याज नगरपालिकाले तिर्ने छ । छिमेकी वा नजिकको आफन्त जवानी बसेको आधारमा नगरपालिकाले कर्जा लगानी गर्ने छ । पहिलो चरणमा २ लाख देखि ५ लाखसम्म कर्जा लगानी गर्ने योजना रहेको मेयर वनले बताए । गरिव, विपन्न र कोरोनाका कारण स्वदेश फर्किएर केही खर्च खोजेका युवाहरुलाई मात्र कर्जा लगानी गर्ने उनको भनाई छ । व्यक्तिको लापरवाहीका कारण पैसा तिर्न नसक्ने अबस्था आए त्यसको जिम्मेवार स्वयम आफै हुने र स्थानीय सरकारले यसको भौतिक सम्पतीबाट रकम असुली गर्ने छ । पहिलो चरणमा करिव २०० युवालाई कर्जा लगानी गर्ने छ । कर्जा लगानी गर्नुपूर्व नगरपालिकाले व्यक्तिले गर्न चाहेको व्यवसाय,पशुपालन तथा विभिन्न खेती गर्ने तरिकाको विषयमा तालिम प्रदान गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय