Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

काठमाडौं, पुस २ । काठमाडौंसहित देशभर ह्वात्तै चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंका तापक्रम २ दशमलव ८ मा झरेको छ । महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेपनि रातीसम्म देशका पहाडी भू–भागहरुमा आंशिक बदली हुदैजाने महाशाखाले उल्लेख गरेको छ ।

चिसो बढेसंगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले समेत जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय