Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन्।

विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो।

विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ।

डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन्।

उनका अनुसार विदेशी ब्रोडकास्टले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसक्दा तथा आएका उपकरणसमेत करीब एक महिनाभन्दा बढी भन्सार कार्यालयमा रोकिँदा च्यानल पुनः सञ्चालनमा आउन समय लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय