Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन्।

विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो।

विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ।

डिसहोम मिडिया प्रालिका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल विज्ञापनरहित प्रसारणमा आएका छन्।

उनका अनुसार विदेशी ब्रोडकास्टले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध गराउन नसक्दा तथा आएका उपकरणसमेत करीब एक महिनाभन्दा बढी भन्सार कार्यालयमा रोकिँदा च्यानल पुनः सञ्चालनमा आउन समय लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय