Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

काठमाडौं । नेकपामा नयाँ सहमति कायम भएको छ । सहमतिअनुसार अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, प्रचण्डको आरोपपत्र सबै फिर्ता हुने भएको छ । त्यस्तैगरी राष्ट्रपतिबाट जारी भएको अध्यादेश पनि फिर्ता हुने सहमति भएको एक नेताले बताए ।

नेताहरु भदौ २६ को सहमतिमा फिर्ता हुन तयार भएको बालुवाटार स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा यस्तो सहमति जुटेको हो । भदौ २६ मा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न दुवै पक्ष तयार भएका हुन् । त्यसपछि भएका त्रुटिहरु सच्याउन तयार भएको एक नेताले जानकारी दिए । उनका अनुसार सबै अनौपचारिक सहमति भएपछि अहिले स्थायी कमिटीको बैठक सुरू भएको हो ।

स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार भएपछि संसद अधिवेशनको माग गर्दै दर्ताका लागि अघि बढाइएको निवेदन पनि फिर्ता लिन दाहाल पक्ष तयार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय