Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
अब ९ महिनामा धरहरा निर्माण सकिने
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो ।

२०७२ सालको भूकम्पले भत्काएका धेरै संरचनामध्ये एउटा यस्तो संरचना, जसले धेरैको ध्यान तान्यो । हो, काठमाण्डौमा रहेको धरहरा सबैको प्यारो थियो । भूकम्पले भत्काएपछि पुनः निर्माणका लागि सबैभन्दा धेरै दबाब यही धरहराका लागि सृजना भयो ।

तर धरहरा पुनः निर्माणसम्बन्धमा लामो समय विवाद भयो । एक निजी निर्माण कम्पनीलाई जिम्मा दिएपछि भने तिब्र गतिमा काम भइरहेको छ । २०७२ सालको भूकम्पले क्षतिपराएको धराहरा पुननिर्माणको काम अहिले सम्म २३ प्रतिशत सम्पन्न भएको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जीआईईटिसी–रमण जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएसगै कामले तिव्रता पाएको हो । कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहराको चारैतर्फ घेराबन्दी गरेर धमाधम काम भइरहेको छ ।

करिब ३ सय जना कामदार धरहरामा खटिएका छन् । दुई वर्षमा सक्ने लक्ष्य राखिएको काम अहिलेसम्ममा भूइतलाको काम सम्पन्न भई एक तल्लामाथिको काम हुदै छ । अबको ९ महिना अर्थात समय सिमा भित्र धरहरा निमर्णको काम सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनी रमण कन्ट्रक्सनले जानकारी दिएको छ ।

केही समयअघि स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अबरुद्ध भएको थियो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्नेलगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमै पुगेर विरोध जनाएका थिए ।

धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो । तर ती सबै समस्याको समाधान भए सगै कामले तिव्रता पाएको छ । यसप्रति सर्वसाधारण पनि सन्तुष्ट छन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुन्छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो र अपांगमैत्रीसमेत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय