
चितवन, मंसिर २९ । रत्ननगर उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष सहित २१ पदमा आज (सोमवार) निर्वाचन हुने हुदैछ। बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको निर्वाचन हुने भएकाले संघको अधिवेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु चयन गर्दैछ। संघको नेतृत्व हात पार्न नेकपा र नेपाली कांग्रेसनिकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन्। आज बिहानबाट सुरु हुने मतदानबाट वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु चयन हुदैछन्। संघको वरिष्ठ उपाध्यक्षसहित २१ पदमा निर्वाचन हुँदैछ। त्यसका लागि ४३ जना व्यवसायीले उमेदवारी दर्ता गराएका छन्।
मतदानमा वरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली कांग्रेसनिकट व्यवसायी देवेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा हुँदैछ। बणिज्य तर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली काँग्रेसबाट कविन घिमिरे तथा स्वतन्त्र उम्मेदवारका रुपमा देवीप्रसाद डल्लाकोटीले उम्मेदवारी बनेका छन्।
उद्योग तर्फको उपाध्यक्षमा नेकपाका पुरु खनाल र नेपाली काँग्रसबाट निरञ्जन थापा, एशोसियट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले वीच प्रतिस्पर्धा हुदैछ। महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली काँग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली काँग्रेसबाट मीना उप्रेती उम्मेदवार बनेका छन्।
बाणिज्य सदस्यको लागि नेकपा बाट अर्जुन बस्ताकोटी, इश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुन्दरमणि सुवेदी, सुरेन्द्र दुवाडी, सुर्यप्रकास रेग्मी, प्रकासमणि सापकोटा, उत्तम घिमिर र नेपाली काँग्रेसबाट सुरेन्द्रकुमार श्रेष्ठ, यामनाथ आचार्य, हेमराज आचार्य, कृष्ण चौधरी,सागर दुवाडी, सिताराम भट्टराई, बुद्धराम जोशी, सुर्यकान्त पौडेल चुनावी मैदानमा छन्।
उद्योग तर्फ सदस्यका लागि नेकपाबाट अनुप विसुराल, सुवास मिश्र, उद्धबकुमार कोइराला, रामप्रसाद पाण्डे, महेन्द्र घिमिरे, विरञ्जना सापकोटा र नेपाली काँग्रेसवाट बुद्धिराज ओझा, अरुणकुमार सिवाकोटी, शम्शेर घामल्य, सविन मानन्धर, कपिल ढकाल र हरिशरण भट्टराई बीच प्रतिस्पर्धा हुँदैछ।
महिला सदस्यमा नेकपाबाट निर्मला सुवेली र नेपाली काँग्रेसबाट उर्मिलादेबी पोखरेल चुनावी मैदानमा छन्। बस्तुगत उपाध्यक्षमा नेपाली काँग्रेसका रघुनाथ भट्ट, बस्तुगत सदस्यमा नेपाली काँग्रेसका शिबराज मैनाली र नेकपाबाट एसोसियट सदस्यमा जोगेन्द्र महतो र लोजिककृष्ण सागर निर्विरोध निर्वाचित भएका छन्।
संघको बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य निर्बाचनको लागि १ हजार ३२५ जना व्यवसायीहरुले मतदान गर्ने निर्वाचन अधिकृत अधिबक्ता रामकृष्ण अधिकारीले जानकारी दिए। नेकपाको संयुक्त प्यानल चुनाबी मैदानमा रहेकाले नेपाली काँग्रेस निकटका व्यवसायीहरु दवावमा परेका छन्। तर पनि व्यवसायिक सुरक्षाको स्पष्ट खाका सहित निर्वाचनमा गएका कारण काँग्रेस निकटका व्यवसायीहरु निर्वाचनमा सफलता हात पार्नेमा ढुक्क रहेको बताएका छन्।
नेकपाका व्यवसायीहरुले भने निर्वाचनमा आफ्नो स्पष्ट बहुमत रहेकाले जित हात पार्न सहज रहेको बताएका छन्। २१ औं साधारण सभा तथा अधिवेशनले बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ। ७ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ। नेकपा निकट र कांग्रेस निकट व्यवसायीको बीचमा भएको चुनावी प्रतिस्पर्धाले राजनीतिक निर्वाचनकै झझल्को दिएको छ।
मत क्रस भएन भने रत्ननगर वाणिज्य संघका नेकपाले जित्ने निश्चित रहेको वाणिज्य संघका सल्लाहकारसमेत रहेका प्राध्यापक कपिलदेव सुवेदीले जानकारी दिए। तर, पनि व्यवसायिक सुरक्षाको स्पष्ट खाका सहित निर्वाचनमा गएका कारण कांग्रेस निकटका व्यवसायीहरु निर्वाचनमा सफलता हात पार्नेमा ढुक्क रहेको बताएका छन्।
विसं २०५४ सालमा रत्ननगर उद्योग वाणिज्य संघको स्थापना कालदेखि आजसम्म दुई कार्यकाल बाहेक सधै नै बामपन्थी निकट व्यवसायीहरुकै वर्चश्व रहँदै आएको इतिहास छ।