Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिक ग्रामको आज (सोमबार) शिलान्यास गरिँदै छ ।

ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिइन् । शिलान्यास कार्यक्रममा पूर्व मिस नेपाल तथा ज्येष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र ज्येष्ठ नागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल गरिसकेको छ । छलफलमा आएका सुझावसहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिइएको खतिवडाले बताइन् । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ज्येष्ठ नागरिक र मानव सेवाग्राम निर्माण गर्ने भएको छ ।

१० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने योजना बनाइएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यासपछि ज्येष्ठ नागरिक ग्राम निर्माणले गति लिने सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

उनले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा ज्येष्ठ नागरिक ग्राम स्तरीय बन्ने बताए । ज्येष्ठ नागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रुपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट सुरु गरिएको मन्त्री घिमिरेले बताए । उनले ज्येष्ठ नागरिक ग्राममा चिल्ड्रेन पार्क पनि निर्माण गरिने बताए । चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय