Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

काठमाडौं । चितवनमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको फाइनलमा टिम राप्ती र नारायणीले खेल्ने भएका छन् ।  आइतबार भएको खेलमा राप्तीले वागमतीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा वागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।

यता वागमती लगातार दोस्रो खेलमा पराजित हुँदा प्रतियोगिताबाट बाहिरिएको हो । राप्तीले दिएको १३० रनको मध्यम लक्ष्य पछ्याएको वागमती १९ ओभर ४ बलमा २ अल आउट भएको थियो ।  वागमतीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रनको योगदान गरे । यस्तै अनिल शाहले २२ रन जोड्दा रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३–१३ रन बनाउन सफल भए ।

बलिङतर्फ राप्तीका लागि कमल सिंह ऐरी, अविनास बोहरा र बसन्त कार्कीले समान २–२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।  राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । शरद भेषावकर र कप्तान बिनोद भण्डारीले समान २१–२१ रन बनाउन सफल भए ।  बलिङतर्फ वागमतीका लागि सोमपाल कामी, सगर ढकाल र रशिद खानले समान २–२ विकेट लिए ।

अब फाइनलमा राप्ती र नारायणी भिड्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय