Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नेपालमा कोरोना भाइरसका ८९९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ३५९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८९९ सङ्क्रमित थपिएकोमा एक हजार ३५९ जना निको भएर घर फर्केको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमित दुई लाख ४७ हजार ५९३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल ११ हजार ६७३ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ३४ हजार २३१ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयले हालसम्म १८ लाख २५ हजार ८६० जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा १५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६८९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय