Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सर्वदलीय बैठक डाकेका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई बोलाइएको छ । राजसंस्थाको समर्थनमा प्रदर्शनहरु बढ्न थालेपछि ओलीले बैठक डाकेका हुन् ।

ओलीनिकट नेकपा नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकको एजेन्डा राजावादीको सक्रियता र मुलुकमा उत्पन्न पछिल्लो चुनौतीको सामना गर्ने विषय हुने बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग उनले गणतन्त्रका पक्षधर एक भएर जाने विषयमा छलफलको एजेन्डा रहेको बताए ।

गुरुङले राजावादीको पछिल्लो सक्रियतालाई गम्भीरताका साथ लिइएको समेत बताए । देशमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

भोलिको सर्वदीय बैठकमा विप्लव नेतृत्वको नेकपाको गतिविधिको सामना कसरी गर्नेबारे पनि छलफल हुने भएको छ । त्यसबाहेक कोरोना भाइरसको जोखिमसँग जुध्दाको प्रगति र खोप ल्याउने तयारीबारे समेत छलफल हुने बुझिएको छ ।

सरकारले राजावादी र विप्लव समूहको चुनौतीविरुद्ध रणनीति बनाइरहँदा सुझाव संकलनका लागि पनि सर्वदलीय बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली दुवै पक्षविरुद्ध कडा बन्ने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय