Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सर्वदलीय बैठक डाकेका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई बोलाइएको छ । राजसंस्थाको समर्थनमा प्रदर्शनहरु बढ्न थालेपछि ओलीले बैठक डाकेका हुन् ।

ओलीनिकट नेकपा नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकको एजेन्डा राजावादीको सक्रियता र मुलुकमा उत्पन्न पछिल्लो चुनौतीको सामना गर्ने विषय हुने बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग उनले गणतन्त्रका पक्षधर एक भएर जाने विषयमा छलफलको एजेन्डा रहेको बताए ।

गुरुङले राजावादीको पछिल्लो सक्रियतालाई गम्भीरताका साथ लिइएको समेत बताए । देशमा गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेकाले सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

भोलिको सर्वदीय बैठकमा विप्लव नेतृत्वको नेकपाको गतिविधिको सामना कसरी गर्नेबारे पनि छलफल हुने भएको छ । त्यसबाहेक कोरोना भाइरसको जोखिमसँग जुध्दाको प्रगति र खोप ल्याउने तयारीबारे समेत छलफल हुने बुझिएको छ ।

सरकारले राजावादी र विप्लव समूहको चुनौतीविरुद्ध रणनीति बनाइरहँदा सुझाव संकलनका लागि पनि सर्वदलीय बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली दुवै पक्षविरुद्ध कडा बन्ने तयारीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय