Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न दिने सरकारको निर्णय खारेजको फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले उक्त निर्णय खारेजेको फैसला गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयले १८ भदौमा जग्गा कित्ता काट गर्न पाइने निर्णय गरी मातहतका कार्यालयलाई परिपत्र जारी गरेपछि उक्त निर्णय खारेजको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाई गर्दै सर्वोच्चले निर्णय खारेजको पक्षमा फैसला गरेको हो ।

यसअघि सरकारले नै २०७३ सालमा जग्गा कित्ताकाट रोक लगाएको थियो । तत्कालिन भूमिसुधार मन्त्री गोपाल दहितको पालामा यस्तो निर्णय भएको थियो ।

कृषियोग्य जमिन खण्डिकरण भएको भन्दै यस्तो निर्णय भएपनि घुस दिएर कित्ताकाट गर्ने र कानुनको छिद्रबाट गर्नेसम्मको गतिविधि हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय