Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |


काठमाडौं। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। नयाँ नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने राष्ट्र बैंकले जनाएको छ।

नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहनेछ।

यसअघि बैंकले २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५ दरका बैंक नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरे पनि आजदेखि संकेत नं.प ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय