Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री निर्वाचित भएका हुन् ।  स्ववियु नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणाम अनुसार, कुल खसेको ६८६ मतमध्ये नेविसंघबाट उम्मेदवार बनेका क्षेत्रीले २८८ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति  पदको प्रतिस्पर्धी बनेका अनेरास्ववियुका दिनेश खत्रीले १९२ र अखिल (क्रान्तिकारी)का सन्दीप खत्रीले १७७ मत ल्याएका छन् ।

निर्वाचनबाट स्ववियु सचिबमा अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री र कोषाध्यक्षमा अस्मिता भण्डारी निर्वाचित हुनुभएको छ । सदस्यहरुमा विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ र अबिजित शाहि निर्वाचित भएका छन् ।

समानुपातिक तर्फ अनेरास्ववियुले २७७,नेविसंघले २४४,अखिल क्रान्तिकारीले १४२ र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) १० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । मंगलबार सम्पन्न निर्वाचनमा ८२४ मतदाता रहेकोमा जम्मा ६८६ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय