Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट  आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ आयात भएको छ । 

२०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त  रङ आयात हुँदा ८ करोड ७ लाख ७३  हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ ।

गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो  रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । 

साथै सो अवधिमा ८३ लाख ३१ हजार रुपैयाँको ४१२४१ किलो सिन्दूर आयात भएको  विभागको तथ्याङ्कमा उल्लेख छ । 

  • १० मुलुकबाट रङ आयात

चालु वर्षको माघ मसान्तसम्म १० मुलुकबाट रङ आयात भएको विभागको तथ्यांकले उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३७ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको ७ लाख ४६ हजार १७४ किलो रङ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

दोस्रोमा चीनबाट आयात भएको छ । चीनबाट १ करोड ७१ लाख ७६ हजार रुपैयाँको २४ हजार ५५१ किलो ग्राम रङ आयात भएको छ । रङ आयात हुने तेस्रो मुलुकमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाबाट७३ लाख ६८ हजार रुपैयाँको १ हजार ७५० किलो रङ आयात भएको छ । 

कुन देशबाट कति आयो ? 

1
  • वार्षिक ६० करोडभन्दा बढीको आयात

नेपालमा यस्तो रङ होली मात्र नभएर तिहारमा पनि प्रयोग हुँदै आएको छ । साथै उक्त रङ अन्य प्रयोजनमा पनि उपयोग हुने गरेको छ ।

 विभागको तथ्यांक हेर्ने हो भने वार्षिक रूपमा ठुलो परिमाणमा आयात भएको छ । यस्तो रङ वार्षिक ६० करोडभन्दा बढी मूल्यको आयात हुने गरेको छ । 

विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ८३ लाख ७० हजार रुपैयाँको रङ आयात भएको छ । २०७९/८० मा ७२ करोड ७९ लाख ७३ हजार रुपैयाँ बराबरको रङ आयात भएको थियो । यसअनुसार २०७९/८० को तुलनामा २०८०/८१ मा ९ करोडले आयात घटेको देखिन्छ । २०७८/७९ मा ७७ करोड १० लाख १८ हजार रुपैयाँको आयात भएको छ । 

यसैगरी २०७७/७८ मा ७४ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको आयात भएकोछ भने २०७६/७७ मा ५९ करोड ५ लाख ५८ हजार रुपैयाँको रङ आयात भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय