Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नियुक्त हुने निश्चित भएको छ ।प्रहरी महानिरीक्षक बन्ने लाइनमा रहेका अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने निश्चित भएको हो ।

महानिरीक्षक वसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ । सोमबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्दैछ ।

एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजीमा नियुक्त गर्न लागिएको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।

मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आईजीपी नियुक्त गर्नेछ । जसमा थापाको नै सम्भावना छ । थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा छन् । पहिलो नम्बरमा रहेका थापा फिल्ड कमान्डमा अनुभवी मानिन्छन् ।

थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख छन् । एआईजीमध्ये थापा वरिष्ठतम् हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ ।

आईजीपी कुँवरसहित ५ एआईजी र ३ डीआईजी सोमबारदेखि अवकाश पाएका छन् ।

प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त भएका हुन् ।

आईजीपी कुँवरसँगैै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाश पाएका हुन् । उनीहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि सोमबारदेखि अवकाशमा गएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय