Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

नेकपा (एमाले) का नेता योगेश भट्टराईले गणतन्त्र फेल भयो भन्नेहरूको अभियानलाई निष्क्रिय बनाउन कांग्रेस र एमाले मिल्नुपर्ने बताएका छन् ।

बुधबार सुर्खेतमा आयोजित महिला किसान संघ नेपाल, कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलनमा बोल्दै भट्टराईले गणतन्त्रलाई असफल देखाउने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न काग्रेस एमालेको सहकार्य आवश्यक रहेको बताएका हुन् ।

राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् उनले भने, ‘२५० वर्षसम्म मौका दिएकै हो । दरबार हत्याकाण्ड हामीले गरेको हो र ? दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भयो । अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै माओवादी ओरालो लाग्दै गएको दाबी गरे ।

‘प्रचण्ड’ले किन हामीविरुद्ध आवाज उठाइरहनु भएको छ ? किनकि हामीले उहाँको प्रधानमन्त्री पद खोस्यौँ । उहाँ लुडो खेलेझैँ हामीले जितेका कारण छटपटिनु भएको हो’, उनले भने ।

उनले माओवादी नेतृत्वको सरकार बसिरहनु देशका लागि विनाशकारी भएको टिप्पणी गर्दै काँग्रेस–एमाले गठबन्धन नै देशको स्थायित्वका लागि उपयुक्त मोडेल भएको तर्क गरे ।

‘माओवादीले ६२/६३ पछि सबैभन्दा धेरै सरकार चलाएको छ, तर अहिले सडकमा छ । अर्थतन्त्र अगाडि बढेको छैन, विदेशी लगानी आएको छैन । यस्तो परिस्थितिमा काँग्रेस९एमाले मिल्नुपर्छ’, भट्टराईले भने । उनले नेकपा (एकीकृत समाजवादी)को भविष्य नरहेको बताउँदै माधव नेपाल नेतृत्वको पार्टी लामो समय टिक्न नसक्ने टिप्पणी गरे।

‘माधव नेपालको पार्टी अब चल्दैन भन्ने सबैलाई थाहा छ । उहाँले जहाँसम्म चलाउनुहुन्छ, चलाउन दिऔँ, तर समाजवादी पार्टीको आयु धेरै लामो छैन’, भट्टराईले जिकिर गरे । ‘कर्णालीमा नेमकिपा अब सिद्धिँदै गएको छ, एमाले भने अझ बलियो हुँदै गएको छ । यो नै वामपन्थी एकताको सही मोडेल हो’, उनले भने ।

एमालेले तीनमहिने अभियान चलाइरहेको बताउँदै उनले अब कागजी कमिटी बनाउने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । निर्वाचित भएपछि जनताका घर–घरमा पुग्नुपर्छ। जनताको गुनासो सुनेर पार्टीको संरचना सुधार गर्न आवश्यक छ, भट्टराईले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय