Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

चितवनको भरतपुरमा देशकै ठूलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ । आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी यही फागुन १७ गतेदेखि २० गतेसम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुने जानकारी गराएको हो ।

प्रतियोगिता भरतपुर १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने र प्रतियोगिताको प्रमुख प्रवर्धकको रुपमा भरतपुर महानगरपालिका रहने प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले बताइन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रपैयाँ प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको थापा मगरको भनाई छ ।

प्रतियोगितामा नयाँ तथा पुराना सबै कलाकारले भाग लिन पाउने छन् । प्रतिष्ठानले चितवनमा पहिलो पटक यस प्रतियोगिता आयोजना गरेको हो । यसअघि काठमाडौं, बुटवल, धादिङ लगाएतका जिल्लाहरुमा दोहोरी प्रतियोगिता आयोजना गरिसकेको छ । ८ औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगितामा स्वदेश तथा बिदेशमा रहेका करिब पचास लाख नेपाली दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय